डिशहोमले नयाँ वर्षमा सेवा विस्तारसहित बोनस अफर ल्यायो

Apr 23, 2026 - 12:10
 0  0
डिशहोमले नयाँ वर्षमा सेवा विस्तारसहित बोनस अफर ल्यायो

काठमाडौँ । नेपालको टेलिकम तथा डिजिटल सेवा क्षेत्रमा सक्रिय डिशहोमले नयाँ वर्ष २०८३ को अवसरमा आफ्ना इन्टरनेट सेवा (आईएसपी) तथा डाइरेक्ट–टु–होम (डीटीएच) सेवामा केन्द्रित विभिन्न वार्षिक अफरहरू सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार बढ्दो सञ्चालन खर्च, सामग्री लागत तथा पूर्वाधार विस्तारका कारण मूल्य संरचनामा सामान्य समायोजन गरिएको भए पनि ग्राहकलाई थप मूल्य दिने उद्देश्यले बोनस-आधारित योजनाहरू ल्याइएको हो। यी योजनाहरू विशेषगरी वार्षिक रिन्यूअल वृद्धि गर्ने, उच्च गतिको इन्टरनेटतर्फ ग्राहक आकर्षित गर्ने र निष्क्रिय ग्राहकलाई पुनः सक्रिय बनाउने लक्ष्यसहित लागू गरिएको बताइएको छ।

आईएसपी (फाइबरनेट) तर्फ, विद्यमान ग्राहकहरूले वार्षिक रिचार्ज गर्दा विभिन्न बोनस सुविधा पाउनेछन्। ५० एमबीपीएस प्याकेजमा १५ दिन र १००, २०० तथा ३०० एमबीपीएस प्याकेजमा ६० दिनसम्मको बोनस उपलब्ध हुनेछ। सेवा बन्द हुनुभन्दा १५ दिन अगाडि रिचार्ज (प्रि–डिस्कनेक्शन) गरेमा थप ३० दिन बोनस पाउने व्यवस्था गरिएको छ। यसरी उच्च गतिको प्याकेजमा ग्राहकले अधिकतम ९० दिनसम्म अतिरिक्त सेवा उपयोग गर्न सक्नेछन्।

३० दिनभन्दा बढी समयदेखि सेवा बन्द भएका निष्क्रिय ग्राहकहरूका लागि विशेष चर्न कन्भर्सन अफर ल्याइएको छ। यस्तो अवस्थामा वार्षिक प्याकेज पुनः रिचार्ज गर्दा ९० दिनसम्मको बोनस प्रदान गरिनेछ। साथै ड्रपवायर र रिलोकेशन शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ।

नयाँ जडान गर्ने ग्राहकहरूका लागि २०० एमबीपीएस वा सोभन्दा माथिको वार्षिक प्याकेजमा २ महिनासम्मको अतिरिक्त बोनस दिने व्यवस्था गरिएको छ। यसअनुसार ग्राहकले १२ महिनाको शुल्कमा १४ महिनासम्म सेवा उपभोग गर्न सक्नेछन्। यो योजना २०८३ वैशाख १ देखि वैशाख ३१ गतेसम्म लागू हुनेछ।

डीटीएच सेवातर्फ पनि वार्षिक रिचार्जमा २ महिनाको बोनस प्रदान गरिनेछ। प्रि–डिस्कनेक्शन अवस्थामा १५ दिनभित्र रिचार्ज गरेमा थप १ महिनाको बोनस पाउने व्यवस्था गरिएको छ, जसअनुसार अधिकतम ३ महिनासम्मको अतिरिक्त सेवा उपलब्ध हुनेछ।

कम्पनीले मासिक, ३ महिना र ६ महिनाका योजनामा कुनै परिवर्तन नगरेको जनाएको छ भने केही पुराना बोनस तथा स्पिन अफरहरू हटाइएको छ।

यी सबै अफरहरू वार्षिक योजनामा मात्र लागू हुनेछन् र अनलाइन तथा फन्ड दुवै माध्यमबाट रिचार्ज गर्दा मान्य हुनेछन्। आईएसपी अफर २०८२ चैत २० देखि २०८३ वैशाख १५ सम्म र डीटीएच अफर २०८३ वैशाख १ देखि असार ३२ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

डिशहोमले यी नयाँ योजनामार्फत ग्राहकलाई थप लाभदायी सेवा र लामो समयसम्मको सहज अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0