बीमा र स्वास्थ्य सेवामा सहज सहकार्य

Apr 23, 2026 - 11:50
 0  0
बीमा र स्वास्थ्य सेवामा सहज सहकार्य

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्बन्धी सम्झौता भएको छ। यस सहकार्यले बीमा प्रस्तावक तथा कम्पनीका कर्मचारीहरूलाई स्वास्थ्य सेवामा थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

बीमा कम्पनीले आफ्ना प्रस्तावकहरूलाई आवश्यक पर्ने मेडिकल परीक्षण छिटो, छरितो र सर्वसुलभ रूपमा उपलब्ध गराउने तथा कर्मचारीहरूलाई सहुलियत दरमा स्वास्थ्योपचार सेवा दिने उद्देश्यले उक्त सम्झौता गरिएको हो।

लाजिम्पाटस्थित नेशनल लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल हस्पिटलका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार, बीमालेख खरिद गर्न चाहने प्रस्तावकहरूले आवश्यक पर्ने मेडिकल जाँच सहुलियत दरमा छिटो सेवा मार्फत गर्न सक्नेछन्। साथै, मेडिकल रिपोर्ट पनि सरल र प्रभावकारी रूपमा उपलब्ध गराइने व्यवस्था गरिएको छ।

यस्तै, कम्पनीमा कार्यरत कर्मचारीहरूले ग्राण्डी इन्टरनेशनल हस्पिटलबाट स्वास्थ्योपचार सेवा लिँदा १० प्रतिशतसम्म छुट सुविधा पाउनेछन्।

यस सहकार्यले बीमा सेवा र स्वास्थ्य सेवाबीचको समन्वयलाई अझ मजबुत बनाउँदै ग्राहक तथा कर्मचारीहरूलाई गुणस्तरीय र सहज सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0