पश्चिम एसियामा श्रम स्वीकृति पुनः सञ्चालन
काठमाडौँ । सरकारले पश्चिम एसियाका एक दर्जन देशका लागि श्रम स्वीकृति पुनः खुला गरेको छ। क्षेत्रीय परिस्थितिका कारण केही समय स्थगन गरिएको श्रम स्वीकृति वैशाख ७ गते सोमबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो।
परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार परराष्ट्र मन्त्रालयको सिफारिसमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की तथा इजरायलका लागि श्रम स्वीकृति खुला गरिएको छ।
उनका अनुसार व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरण (रेगुलराइजेसन) सहित सबै प्रकारका श्रम स्वीकृति पूर्ववत रूपमा जारी गरिने व्यवस्था गरिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै वैदेशिक रोजगारीमा जान चाहने नेपाली श्रमिकहरूलाई पुनः सहजता हुने अपेक्षा गरिएको छ।
सरकारले क्षेत्रीय अवस्थाको मूल्याङ्कन गर्दै श्रमिकको सुरक्षालाई प्राथमिकतामा राखी श्रम स्वीकृति पुनः सञ्चालनमा ल्याएको जनाएको छ।
What's Your Reaction?
Like
1
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0