एनआईसी एशियाले स्वास्थ्य सेवामा छुट सुविधा

Apr 23, 2026 - 12:02
 0  0
एनआईसी एशियाले स्वास्थ्य सेवामा छुट सुविधा

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ नरेन्द्र मैनाली र एभरेष्ट हस्पिटलका तर्फबाट प्रशासन प्रमुख दीपक चन्द्र बरालले हस्ताक्षर गरेका हुन्।

समझदारी अनुसार, बैंकका ग्राहकहरूले नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरू प्रयोग गर्दा डिजिटल भुक्तानीमार्फत विशेष छुट पाउनेछन्। यस सुविधा अन्तर्गत आउटसोर्स सेवाहरू, डाक्टर परामर्श तथा एम्बुलेन्स शुल्क बाहेकका सेवामा १५ प्रतिशत छुट प्राप्त हुनेछ।

त्यसैगरी, अपरेसन सेवामा ५ प्रतिशत र हस्पिटलको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट सुविधा उपलब्ध गराइनेछ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप (मोबैंक) मार्फत भुक्तानी गर्नुपर्नेछ।

बैंकका अनुसार, यस सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य उपचारमा आर्थिक सहुलियत प्रदान गर्नुका साथै डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै नगदरहित कारोबारलाई थप विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0