वीरगञ्ज भन्सारको राजस्वमा उत्साहजनक वृद्धि

Apr 21, 2026 - 11:14
Apr 21, 2026 - 11:15
 0  1
वीरगञ्ज भन्सारको राजस्वमा उत्साहजनक वृद्धि

वीरगञ्ज । पर्सा जिल्लास्थित वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा रु एक खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु १६ अर्ब २० करोड अर्थात् करिब १० प्रतिशतले बढी हो।

कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको नौ महिनामा भन्सार विभागले निर्धारण गरेको लक्ष्यको ८९ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ। विभागले सो अवधिका लागि रु एक खर्ब ९९ अर्ब ३४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य तोकेको थियो।

महिनागत विवरणअनुसार साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोजमा रु १९ अर्ब ९ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड, मङ्सिरमा रु २० अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ। त्यसैगरी पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुनमा रु १९ अर्ब ३४ करोड र चैतमा सबैभन्दा बढी रु २२ अर्ब ८२ करोड राजस्व सङ्कलन भएको देखिएको छ।

भन्सार विभागले चालु आर्थिक वर्षका लागि वीरगञ्ज भन्सार कार्यालयलाई वार्षिक रूपमा रु दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ। हालसम्म कूल वार्षिक लक्ष्यको करिब ६५ प्रतिशत मात्र राजस्व सङ्कलन भए पनि बाँकी तीन महिनामा लक्ष्य नजिक पुग्ने सम्भावना रहेको कार्यालयले जनाएको छ।

चालु आवको अन्तिम चरणतर्फ बढ्दै जाँदा आयात–निर्यात गतिविधि सुदृढ हुँदै गएकाले आगामी महिनाहरूमा राजस्व सङ्कलन थप बढ्ने अपेक्षा गरिएको छ।

What's Your Reaction?

Like Like 1
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0