वैदेशिक नेपालीका लागि लगानी अवसर

Apr 22, 2026 - 12:10
 0  0
वैदेशिक नेपालीका लागि लगानी अवसर

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आगामी वैशाख २१ गतेदेखि आफ्नो प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपाली नागरिकहरूका लागि शेयर निष्कासन गर्न लागेको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीहरूले मात्र यस चरणमा आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

कम्पनीले कुल ३४ करोड रुपैयाँ बराबरको जारी पूँजीमध्ये २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ । सोही परिमाणमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता (८५ लाख रुपैयाँ बराबर) शेयर विदेशमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो ।

यो व्यवस्थाले विदेशमा रहेका नेपालीलाई स्वदेशी उद्योगमा लगानी गर्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ । लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन दिने अवधि वैशाख २४ गतेसम्म तोकिएको छ । सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि जेठ ४ गतेसम्म थप गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो शेयर’ प्रणालीमार्फत सहज रूपमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0