मञ्जुश्री फाइनान्सको नाफामा वृद्धि
काठमाडौं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २१ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
फाइनान्सले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको नौ महिनामा कम्पनीले १७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा यस्तो आम्दानी ४ रुपैयाँ ७१ पैसाले वृद्धि भई २१ रुपैयाँ ६० पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ २० पैसा रहेको छ ।
चैत मसान्तसम्ममा फाइनान्सको खुद ब्याज आम्दानी १०.२४ प्रतिशतले बढेर ६८ करोड ४७ लाख ७२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै खुद फि तथा कमिशन आम्दानी २.९५ प्रतिशतले वृद्धि भई ९ करोड २ लाख ४५ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।
त्यसैगरी, कुल सञ्चालन आम्दानी १०.१५ प्रतिशतले बढेर ८० करोड ३ लाख १४ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १०.२९ प्रतिशतले वृद्धि भई ३२ करोड ३३ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा फाइनान्सको इम्पेरमेन्ट चार्ज भने घटेर १४ करोड ५४ लाख रुपैयाँबाट ११ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ ।
चैत मसान्तसम्म कम्पनीको वितरणयोग्य मुनाफा ३० करोड ५४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ १३ पैसा रहेको छ ।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
1