सहकारी सुधारमा नयाँ नेतृत्व

Apr 22, 2026 - 11:03
 0  0
सहकारी सुधारमा नयाँ नेतृत्व

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पूर्णता दिँदै अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको अध्यक्ष पदमा प्युठानका डिल्लिराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै, सदस्यहरूमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई नियुक्त तथा मनोनयन गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै समितिलाई नयाँ नेतृत्वसहित पूर्णता दिइएको जानकारी दिए ।

पछिल्लो समय देशभरका दर्जनौँ सहकारीहरू समस्याग्रस्त घोषणा भई हजारौँ बचतकर्ताको अर्बौँ रकम जोखिममा परेको अवस्थामा सरकारले व्यवस्थापन समितिमा नयाँ टोली पठाएको हो । यस कदमलाई सहकारी क्षेत्रको समस्या समाधानतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

नवनियुक्त टोलीले समस्याग्रस्त सहकारीहरूको सम्पत्ति व्यवस्थापन गर्ने, वित्तीय अवस्थालाई व्यवस्थित बनाउने तथा बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रियालाई तीव्रता दिने अपेक्षा गरिएको छ । सरकारले यसमार्फत सहकारी क्षेत्रमा विश्वास पुनःस्थापना गर्ने लक्ष्य राखेको छ ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0