अभिकर्ता सशक्तिकरणमा उत्साहजनक पहल

Apr 22, 2026 - 11:20
 0  0
अभिकर्ता सशक्तिकरणमा उत्साहजनक पहल

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तीनदिने तालिम तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

चितवनको नारायणगढमा वैशाख ६, ७ र ८ गते सञ्चालन गरिएको उक्त कार्यक्रममा कम्पनीमा आबद्ध एक सय पचासभन्दा बढी अभिकर्ता लिडरहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न क्षमता विकास तालिमसँगै मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले व्यवसायिक जीवनमा सफल अभिकर्ताहरूलाई अझ सक्षम र प्रभावकारी बनाउन यस्ता तालिम कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे । उनले ज्ञानसँगै मनोरञ्जनलाई पनि सन्तुलित रूपमा अगाडि बढाउँदै आएको उल्लेख गर्दै यसले अभिकर्ताहरूमा नयाँ ऊर्जा थप्ने बताए ।

तालिम कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका लाइफ इन्स्योरेन्स कोच काजिम रजाले बीमा विक्री कला तथा व्यवसायिक क्षमता अभिवृद्धिसम्बन्धी विशेष सेसन सञ्चालन गरेका थिए । व्यवहारिक बिक्री कलामा केन्द्रित उक्त सेसनले सहभागीहरूलाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको आयोजकले जनाएको छ ।

कार्यक्रमको अर्को आकर्षणका रूपमा प्रसिद्ध कलाकार चक्र दवाडी, सुबोध गौतम र सिता न्यौपानेको प्रस्तुति रहेको थियो । कलाकारहरूको प्रस्तुतीले सहभागी अभिकर्ता लिडरहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो ।

कम्पनीले अभिकर्ताहरूको दक्षता अभिवृद्धि र मनोबल उच्च राख्न नियमित रूपमा मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गर्दै आएको जनाएको छ ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0