गरिमालाई अन्तर्राष्ट्रिय गुणस्तरको सम्मान
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैकिङ सेवा प्रवाह र सूचना सुरक्षा व्यवस्थापनमा उत्कृष्टता हासिल गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुई महत्वपूर्ण आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ।
बैंकले गुणस्तरीय सेवा व्यवस्थापनतर्फ आईएसओ ९००१ः२०१५ र सूचना सुरक्षा व्यवस्थापनतर्फ आईएसओ २७००१ः२०२२ प्रमाणपत्र हासिल गरेको हो। यससँगै गरिमा विकास बैंक एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सीमित संस्थामध्ये पर्न सफल भएको छ।
लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रमका बीच विश्वव्यापी सर्टिफिकेसन संस्था “इन्टरसर्ट”का तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई उक्त प्रमाणपत्रहरू हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले गरिमा विकास बैंकले गुणस्तरीय सेवा प्रवाह र सूचना प्रविधिको सुरक्षालाई अझ प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले ग्राहकको विश्वासलाई केन्द्रमा राखेर सेवा सुधारलाई निरन्तरता दिने पनि बताए।
हाल गरिमा विकास बैंकले देशभर रहेका १२६ शाखा कार्यालयमार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले डिजिटल तथा भौतिक दुवै माध्यमबाट सरल, सुरक्षित र विश्वसनीय बैकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
यो उपलब्धिसँगै गरिमा विकास बैंकले नेपालको बैकिङ क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने दिशामा थप मजबुती हासिल गरेको विश्वास गरिएको छ।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0